तराईको सडकका लागि ७९ करोड बजेट

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते ८:०९ मा प्रकाशित

bimalendraजनकपुरधाम, ५ वैशाख – भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले तराईको सडक विस्तारका लागि ७९ करोड ४५ लाख बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेका छन् ।

निधि निवास जनकपुरमा आज पत्रकार सम्मेलन गरी ृनँले सो बजेट सार्वजनिक गरेका हुन् । प्रस्तावित बजेटबाट धनुषा, महोत्तरी तथा सर्लाही जिल्लामा रहेको हुलाकी सडकको मर्मत, कल्भर्ट तथा पुलपुलेसा निर्माणलगायतका योजना सम्पन्न गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा मन्त्री निधिले एसियाली विकास बैंक (एडिबी) को जनकपुरमा रहेको परियोजना सञ्चालन हुन अझै दुई वर्ष लाग्ने भएकाले तत्काल यहाँको सडकको विकास गर्न आफू तत्पर रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us