
काठमाण्डु, ७ वैशाख – सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थालाई आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो वार्षिकोत्सका अवसरमा आज काठमाण्डुमा एक समारोहबीच बालविकास केन्द्र र मानव अंग प्रत्यारोपण केन्द्रलाई आर्थिक सहयोग गरेको हो । बैंकका अध्यक्ष प्रदिपजंग पाण्डेले मानव अंग प्रत्यारोपण केन्द्रलाई एक लाख रुपैयाँ र बाल विकास केन्द्रलाई ७५ हजार रुपैयाँको चेक प्रदान गरे । बैंकले लक्ष्य अनुसारको प्रगति गर्ने चार वटा शाखालाई पुरस्कृत गरेको छ ।
सिटिजन्स बैंकका काठमाडौ उपत्यकामा १७ र काठमाडौ उपत्यका वाहिर २३ वटा शाखा संचालनमा छन् । बैंकले चालु आर्थिक वर्षको तेस्रो तीन महिनामा ३० करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशत बढी हो । बैंकले लगानी गरेका २२ मेगावाटका जलविद्युत परियोजना भने सम्पन्न भइसकेका छन् ।