जापानद्वारा करिब एक अर्ब ४७ करोड ५० लाख अनुदान

काठमाण्डु टुडे २०७१ वैशाख ९ गते ११:०२ मा प्रकाशित

काठमाण्डु, ९ बैशाख –   नेपाल सरकारलाई पश्चिम क्षेत्रको लघु जलविद्युत् आयोजनाको पुनःस्थापनाका लागि करिब  एक अर्ब ४७ करोड ५० लाख अनुदान सहयोग गर्न जापान सरकार सहमत भएको छ ।

जापानी सहयोग नियोग (जाइका)मार्फत गरिने सो अनुदानबाट आयोजनाका काम नलाग्ने उपकरण मर्मत गरेर जलविद्युत् उत्पादनमा गरी त्यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ सचिव युवराज भुसाल र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले उक्त सहायता पत्रमा हस्ताक्षर गरे ।
यस सहयोगबाट बझाङको २३० किलोवाटको जलविद्युत् आयोजना, बाजुराको २२८ किलोवाटको जलविद्युत् आयोजना र रुकुमको स्यार्पु डाँडा जलविद्युत् आयोजनाको पुनःस्थापना गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us