भद्रपुर, २७ माघ– झापाको धुलाबारीमा आयोजित पूर्वाञ्चल औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सवको तीन दिनको अवधिमा ८० लाखको कारोबार भएको छ । उक्त मेलामा एउटा ३० लाख मूल्य बराबरका होन्डाई कम्पनीको कार बिक्री हुनाका साथै हस्तकला, कृषिसँग सम्बन्धित उपकरण, बोटबिरुवा, फर्निचरलगायतका सामान बिक्री भएको...
बाँके, २६ माघ– मध्यपश्चिमाञ्चलका विभिन्न पहाडी जिल्लामा ढुवानीका लागि जापानी चामल नेपालगन्ज आइपुगेको छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय नेपालगन्जका अनुसार विरगन्ज नाका हँुदै करिब १० हजार क्विन्टल चामल हाल नेपालगन्ज पुग्दैछ । संस्थानको गोदाममा अहिले धमाधम चामल भण्डारणको कार्य भइरहेको छ ।...
सुर्खेत, २६ माघ– जहाँ इच्छा हुन्छ त्यहाँ उपाय निस्कन्छ र कुनै समस्या आए समाधानका लागि जनता एकजुट हुनुपर्छ भन्ने उदाहरण सुर्खेत जिल्लाको कुनाथारीस्थित कुम्भिकोटका जनताले देखाएका छन् । जिल्ला शिक्षा कार्यालय सुर्खेतले नेपाल राष्ट्रिय निमावि कुनाथरी– ९ का लागि थप शिक्षकको दरबन्दी उपलब्ध नगराएका...
काठमाण्डु, २६ माघ– नेपाल विद्युत प्राधिकरणले आजबाट दैनिक एक घण्टा लोडसेडिङ बढाएको छ । प्राधिकरणको नयाँ तालिका अनुसार अब दैनिक १२ घण्टा लोडसेङि हुनेछ । यसअघि दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएको थियो । अबदेखि सातामा ८४ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।...
कञ्चनपुर, २५ माघ – कञ्चनपुरको रौतेली विचवा–९ झिलमिलाफाँटामा उत्पादन भएको जडीबुटी युरोपतर्फ निर्यात हुन थालेको छ । किसान मध्यवर्ती सामुदायिक वनमा आबद्ध ३०० उपभोक्ताले संयुक्त रूपमा उत्पादन गरेको लेमनग्रास, मेन्था, पामारोजा, क्यामामाइल लगायतको जडीबुटी व्यापारीले खरिद गरी युरोपतर्फ निर्यात गर्दै आएका हुन् । सात...
सोलुखुम्बु, २५ माघ – देशमा विद्युत्भार कटौतीको समय बढेर उपभोक्ताहरु समस्यामा परिरहेको समयमा हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरी भने विद्युतभार कटौतीमुक्त बन्दैछ । सदरमुकाम सल्लेरीमा विद्युत वितरण गर्दै आएको सल्लेरी च्याल्सा जलविद्युत् आयोजनाले क्षमता थपको काम अन्तिम चरणमा पु¥याएको कारण आगामी फागुन महिनाभित्रमा सल्लेरी...
पर्सा, २५ माघ – पर्साको ग्रामीण क्षेत्रका किसानले पालेको चौपायामा चरचरे रोगको सङ्क्रमण देखिएको छ । एक साताको अवधिमा चरचरे रोगका कारण एउटा भैसी र पाँचवटा गोरु मरेका छन् । गाई, भँैसी, बाख्रा र बङ्गुरमा लाग्ने चरचरे रोगबाट अहिले पनि थुप्रै चौपाया बिरामी परेका...
काठमाण्डु, २४ माघ । निजी विद्यालयले आउँदो शैक्षिक सत्रदेखि ३० प्रतिशतसम्म शुल्क वृद्धिको प्रस्ताव गरेका छन् । शिक्षा विभागमा रहेको केन्द्रीय शुल्क निर्धारण समितिको बैठकमा निजी विद्यालय सञ्चालकका छाता संस्थाका प्रतिनिधिले शुल्क वृद्धिका लागि जिल्ला तहमा प्रस्ताव आइरहेको र त्यसको अनुमोदन हुनुपर्ने माग गरे...
काठमाण्डु, २४ माघ– श्रम तथा रोजगार सचिव सुरेशमान श्रेष्ठले वैदेशिक रोजगार ऐन संशोधन गर्न लागिएको बताएका छन् । राष्ट्रिय महिला आयोगले गरेको अन्तक्र्रियामा श्रेष्ठले व्यवसायमा देखिएका चुनौती न्यूनीकरण गर्न तथा कामदारलाई व्यवस्थित र सहजरुपमा सम्बन्धित काममा जाने वातवरण सिर्जना गर्न नयाँ ऐन ल्याउने तयारी...
चितवन, २४ माघ– दूधको मूल्य बढाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय चितवन पुगेका दूग्ध किसानमाथि प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको लाठी लागेर चार किसान घाइते भएका छन् । प्रहरीको लाठीबाट घाइते हुनेमा नारायणप्रसाद चापागाईं, कृष्णप्रसाद सोडारी, किशोर पौडेल र नाम नखुलेका...
धनगढी, २४ माघ – हिउँदे याममा गरिने आलु, गोलभेंडा र तोरी लगायतका बालीहरुमा देखिने डढुवा रोग कैलाली लगायतका तराईका जिल्लामा प्रमुख समस्याका रुपमा देखिन थालेको छ । योसँगै यी बालीहरुको उत्पादनमा समेत ह्रास आउन थालेको कृषकहरुले बताएका छन् । पछिल्ला केही वर्षदेखि व्यावसायिकरुपमा तरकारी...
इटहरी, २४ माघ – नेपाल मौरीपालक महासंघले भारत र अन्य देशबाट नेपाल आयात हुँदै आएको मह मानव स्वास्थ्यका लागि उपयुक्त नभएको दाबी गर्दै नेपाल सरकारले त्यसलाई प्रमाणित गर्नुपर्ने माग अघि सारेको छ । महासंघद्वारा शुक्रबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा नेपालका मौरीपालक किसानलाई राज्यले कुनै...