उद्योग वाणिज्य महासंघमा पाण्डे बिजयी

काठमाण्डु टुडे २०७० चैत ३० गते २:१४ मा प्रकाशित

FNCCI_electionकाठमाण्डु, ३० चैत – नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे विजयी भएका छन् ।

प्रतिस्पर्धी भाष्करराज राजकर्णिकारलाई हराउँदै पाण्डे उद्योगी व्यवसायीको छाता संगठनको अध्यक्षमा निर्वाचित भएका हुन् ।

पाण्डेले ५४ दशमलव ४ प्रतिशत भोट पाएका थिए । वस्तुगततर्फ पाण्डेले बढी मत प्राप्त गरे भने एशोसियटमा बलिया मानिएका राजकर्णिकारले अपेक्षा अनुसारको मत ल्याउन सकेनन् ।
एशोसियटको ५ सय ८० मध्ये कर्णिकारले २ सय ९१ र पाण्डेले २ सय ८९ मत पाएका थिए । वस्तुगत तर्फको ८८ मध्ये पाण्डेले ५६ र राजकर्णिकारले ३२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै उपाध्यक्षमा पाण्डे समूहका दुई र राजकर्णिकार समूहका एक जना विजयी भएका छन् ।

पाण्डेको समूहबाट वस्तुगत फर्त दिनेश श्रेष्ठ र जिल्ला नगरतर्फ किशोर प्रधान तथा राजकर्णिकार समूहका शेखर गोल्छा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

वस्तुगत अध्यक्षमा विजयी भएपछि पाण्डेले निजी क्षेत्रलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता गरे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us