उद्योग वाणिज्य महासंघको साधारणसभा सुरु

काठमाण्डु टुडे २०७० चैत २८ गते १:५० मा प्रकाशित

fncciकाठमाण्डु, २८ चैत– निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ४८ औं साधारणसभा शुक्रबारबाट सुरु भएको छ ।
साधारणसभाले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा उपाध्यक्षद्वय भाष्करराज राजकर्णिकार र प्रदीपजंग पाण्डेबीच प्रतिष्पर्धा हुँदैछ । अध्यक्षमा दुवै प्रत्यासीले चुनावी अभियान तीव्र पारेका छन् ।

राजकर्णिकारको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका र पाण्डेको प्यानलमा भवानी राणाले उम्मेद्वारी दिँदैछन् । निर्वाचनमा आफ्नो पक्षकालाई जिताउन पूर्वअध्यक्षहरु समेत खुलेर लागेका छन् ।

राजकर्णिकारलाई वर्तमान अध्यक्ष सुरज वैद्य र पूर्वअध्यक्ष आनन्दराज मुल्मीले समर्थन गरेका छन् । पाण्डेलाई पूर्व अध्यक्षहरु कुशकुमार जोशी, महेशलाल प्रधानलगायतको समर्थन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us