सरकारले आयल निगमलाई दुई अर्व दिने

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते ५:३९ मा प्रकाशित

nepal-oil-nigam8काठमाण्डु, ४ वैशाख – सरकारले नेपाल आयल निगमलाई साढे दुई अर्ब ऋण दिने भएको छ ।

इन्धन आपूर्ति सहज बनाउन भन्दै नागरिक लगानी कोष र कर्मचारी संचय कोषमार्फत सरकारले आयल निगमलाई ऋण दिन लागेको हो ।
आयल निगमले आपुर्ति सहज बनाउन ५ अर्ब रुपैयाँ अनुदान मागेको थियो ।

निगमले रकम भुक्तानी गर्न नसकेपछि इन्डियन आयल कर्पोरेशन आईओसीले ३० प्रतिशतसम्म आपुर्ति कटौती गरेको थियो ।
पेट्रोलियम पदार्थको अध्ययन गर्न गठित संसदीय समितिको निर्देशन, बजारमा इन्धन अभावको अबस्था र निगमको मागलाई ख्याल गर्दै ऋण दिन लागिएको हो ।

आयल निगमले ऋणबापत प्राप्त रकम भारतीय आयल निगमलाई तिरेपछि आपूर्ति केही सहज हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us