मापदण्ड विपरीत सञ्चालन भएका पाँच उद्योगमा शिलबन्दी

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते ११:०९ मा प्रकाशित

दमौली, ६ वैशाख । मापदण्ड विपरीत सञ्चालन भएका तनहुँ जिल्लाका पाँच वटा क्रसर उद्योगमा शिलबन्दी गरिएको छ ।

दुलेगौँडा हलेदीका तीन तथा भिमाद र सेती दोभानका एक÷एक वटा उद्योगमा ताला लगाई शिलबन्दी गरिएको हो ।

प्रहरी उपरीक्षक एवम् जिल्लास्तरीय अनुगमन समितिका सदस्य गोपीमान श्रेष्ठले पहिलो चरणमा मापदण्ड विपरीतका पाँच वटा क्रसर उद्योगमा ताला लगाई शिलबन्दी गरिएको जानकारी दिए ।

जिल्लामा रहेका अन्य क्रसर उद्योग पनि प्रक्रियामा नआए बन्द गर्दै जाने बताइएको छ । जिल्ला घरेलु विकास समिति मुख्य शाखा कार्यालय तनहुँले जिल्लाभित्र मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योगलाई प्रक्रियामा ल्याउन दुई हप्ताअघि नै पत्राचार गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us