सरकारले आयल निगमलाई साढे २ अर्व ऋण दिने

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते १०:४८ मा प्रकाशित

SHINGHA-DURBARकाठमाण्डु,  १२ वैशाख – सरकारले जहिले पनि घाटामा गएको नेपाल आयल निगमलाई साढे २ अर्व ऋण दिने निर्णय गरेको छ । सिहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन निगमलाई साढे २ अर्ब ऋण उपलब्ध गराउने निर्णय गरेको हो । सरकारले सञ्चय कोष र नागरिक लगानी कोषबाट रकम उपलब्ध गराउन लागेको हो । साथै बैठकले नेपाल पत्रकार महासंघको आगामी अधिवेशनको लागि २० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने  निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us