पुँजीगत खर्चमा सुधार हुने आइएमएफको विश्वास

काठमाण्डु टुडे २०७१ वैशाख ९ गते १३:११ मा प्रकाशित

काठमाण्डु, ९ बैशाख – नेपाल भ्रमणमा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) दक्षिण एसिया र प्रशान्त क्षेत्रीय टोलीले यस वर्ष समयमै बजेट आएको भएपनि पुँजीगत खर्च कम भएकाले आगामी आर्थिक वर्षमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरेको छ ।

आज  काठमाण्डुमा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घसँगको अन्तक्र्रियामा आइएमएफले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने उल्लेख गर्दै ८ प्रतिशतको मुद्रास्फिति रहने जनाएको हो ।

टोली प्रमुख अलेक्जेन्डर पिटले आर्थिक वृद्धिदरमा सुधार गर्न र पुँजीगत खर्च बढाउन नीतिगत सुधार आवश्यक रहेको बताए ।
उनले  विप्रेषणको व्यवस्थापन गर्न ढिलाइ गरेमा यसले देशको समग्र अर्थतन्त्रमा असर पार्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

प्रमुख पिटले वित्तीय क्षेत्रको सुदृढीकरण र विस्तारमा जोड दिनुपर्ने सुझाव दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले उत्पादन विस्तार हुन नसक्दा अन्तर्राष्ट्रिय व्यापार घाटा भएको उल्लेख गर्दै देशमा भित्रिएको विप्रेषणलाई उत्पादन क्षेत्रमा लगाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us