लक्ष्यभन्दा चार गुणा बढी राजस्व संकलन

काठमाण्डु टुडे २०७१ वैशाख १३ गते ११:०० मा प्रकाशित

वीरगन्ज, १३ वैशाख– आन्तरिक राजस्व कार्यालय पर्साले निर्धारित लक्ष्यभन्दा चारगुणा बढी राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्ष ०७०/०७१ को वार्षिक लक्ष्य रु पाँच अर्ब १७ करोड ४० हजार ४७ रहेकामा आर्थिक वर्षको चैत मसान्तसम्ममा रु तीन अर्ब २१ करोड ८४ हजार ६०० राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय पर्साले जनाएको छ ।

गत सालको तुलनामा ३१ प्रतिशत बढी राजस्व असुली भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख अर्जुनप्रसाद भट्टराईले बताए ।

गत वर्ष रु दुई अर्ब ४३ करोड ३४ लाख ७१ हजार राजस्व असुली भएको थियो । वैशाख महिनामा रु ५० करोड ८१ लाख ११ हजार राजस्व उठाउने लक्ष्य रहेको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए । आय कर, बहाल कर, ब्याज कर, जम्मा आय कर, मूल्यअभिवृद्धि कर, अन्त:शुल्क, शिक्षा सेवा शुल्क, स्वास्थ्य सेवा कर आदिबाट राजस्व असुली भएको भट्टराईले जनाए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us