महिला सशक्तीकरणका लागि कृषि केन्द्र

काठमाण्डु टुडे २०७१ वैशाख २३ गते ११:४१ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– किसानलाई सर्वसुलभ ढङ्गले बीउबिजन, मलखाद, पशु चिकित्साका औषधिलगायत कृषि सामग्री बिक्री वितरण गर्न निजी क्षेत्रको कम्पनी निम्बसले देशभर दुई सय कृषि केन्द्र स्थापना गर्ने भएको छ ।

एक पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरियाले आगामी जेठ १५ गते राजधानीको कालीमाटीमा पहिलो कृषि केन्द्र स्थापना गरिने तथा सोही महिनाभित्र नारायणघाट र वीरगन्जमा पनि केन्द्र सञ्चालन गरिने जानकारी दिए ।

यसै वर्षभित्र देशका विभिन्न भागमा दुई सय कृषि केन्द्र सञ्चालन गरिने र तिनले किसानलाई उनीहरुको उत्पादन भण्डारण, बजारीकरण तथा वित्तीय सेवासमेत उपलब्ध गराउने उहाँले बताए ।

“सबै केन्द्रहरु महिलाले सञ्चालन गर्नेछन्”, महिला सशक्तीकरणका साथै उनीहरुलाई आर्थिक एवम् प्राविधिक रुपमा सक्षम तुल्याउन आफ्नो कम्पनीले त्यसो गर्न लागेको उल्लेख गर्दै प्रबन्ध निर्देशक बगरियाले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us