सुनौली नाका बन्द हुने

काठमाण्डु टुडे २०७१ वैशाख २७ गते ४:४४ मा प्रकाशित

भैरहवा, २७ वैशाख – भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका ४० घण्टा बन्द हुने भएको छ ।

भोलि बिहान ७ बजेदेखि २९ गते राति ११ बजेसम्म सीमा नाका बन्द हुने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । उत्तर प्रदेशको सीमावर्ती जिल्ला महाराजगन्ज र सिद्धार्थनगरमा हुने वैशाख २९ को लोकसभा निर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको हो ।
सीमा बन्द अवधिमा पैदलयात्री, यातायातका साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइने जानकारी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक न्यौपानेले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us