काठमाण्डु, २५ वैशाख– नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिले आगामी वैशाख २८ गते आइतबार पदभार ग्रहण गर्ने भएको छ । महासंघको वैशाख २१ देखि २३ गतेसम्म काठमाण्डुमा सम्पन्न २४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको उपस्थितिमा पद हस्तान्तरण गर्न लागिएको निवर्तमान अध्यक्ष शिव...
विराटनगर, २५ वैशाख – दुई हप्तादेखि विराटनगर उपमहानगरपालिका क्षेत्रमा कमलपित्त रोगबाट हालसम्म नौ जनाको मृत्यु हुनाका साथै छ हजारभन्दा बढी व्यक्ति बिरामी भएका छन् । खानेपानी संस्थानद्वारा उपलब्ध गराइएको दूषित पानी र बासी सडेगलेका खानाको प्रयोग र सरसफाइको कमीले एक्कासि फैलिएको रोगबाट करिब ८०...
रौतहट, २५ वैशाख– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आसन्न नवौं महाधिवेशनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा नगरेको दाबी गरेका छन् । गृहनगर गौरमा पत्रकारसँग बिहीबार कुरा गर्दै नेता नेपालले सहमतिमा नेतृत्व चयन हुने बताउँदै आफूले उम्मेदवारी रौतहटको गौरमा बिहीबार भएको पत्रकार सम्मेलनमा नेपालले...
काठमाण्डु, २५ वैशाख – पार्टीको विराटनगर राष्ट्रिय सम्मेलन बीचैमा छाडेर सपरिवार चीन गएका एकीकृत माओवादी नेता बाबुरा भट्टराई तीब्बत पुगेका छन् । उनलाई आज साँझ तिब्बत स्वसाशित क्षेत्रका उच्च अधिकारीले स्वागत गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव विश्वदीप पाण्डलेले काठमाण्डु टुडेलाई बताए । पाण्डलेले...
भैरहवा– २५ वैशाख– प्रहरीले पेट्रोलियम पदार्थको चोरीमा संलग्न रहेको आरोपमा नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालय रुपन्देहीका प्रवन्धक नागेन्द्र कुर्मीलाई पक्राउ गरेको छ । चोरीमा संलग्न रहेको आरोपमा पाँच दिनअघि पक्राउ परेका क्षेत्रीय कार्यालयका अधिकृत दिपेन्द्र बस्नेत र रवीनकुमार राउतलगायतको बयानका आधारमा उनलाई पक्राउ...
काठमाण्डु, २५ वैशाख – नेपालको औपचारिक भ्रमणमा रहेका जापानको परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री सेइजी किहाराले नेपालको विकास प्रयासमा आफ्नो मुलुकको सहयोग निरन्तर रहने बताएका छन् । प्रधानमन्त्री सुशील कोइरालासँग आज बिहान भेटवार्तापछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले नेपाललाई अनुदानलगायत सहयोग उपलब्ध गराइने बताए ।...
काठमाण्डु, २५ वैशाख – सरकारले व्यवस्थापिका संसदको बर्षे अधिबेशन जेठ ५ गतेबाट बोलाउने तयारी गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले संसदको बर्षे अधिबेशन जेठ ५ गतेबाट बोलाउने निर्णय गर्ने छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ । सरकारले प्रि–बजेटबारे...
काठमाण्डु, २५ वैशाख – नेपाल भ्रमणमा रहनुभएका जापानका परराष्ट्र मामिलासम्बन्धी उपमन्त्री सेइजी किहाराले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।६ सदस्यीय किहाराको टोली हिजो नेपाल आइपुगेको थियो । उपमन्त्री किहाराले राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग आज बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको...
काठमाण्डु, २५ वैशाख – व्यवस्थापिका संसद् व्यवस्थापिका संसद् अन्तरगतको संसदीय सुनुवाइ विशेष समितिको बैठक बसिरहेको छ । बैठकमा सभासदहरुले न्यायपरिषदको निर्णय नै शंकास्पद रहेको भन्दै त्यहीं फिर्ता पठाउनुपर्ने बताएका छन् । जारी बैठकमा न्यायपरिषदले सिफारिस गरेका ८ न्यायाधीशविरुद्ध परेका उजुरीमाथि छलफल भइरहेको छ ।...
सोलुखुम्बु, २५ वैशाख – वैशाख ५ गते हिमपहिरोका कारण भएको दुर्घटनापछि आरोहण त्यागेर फर्कन बाध्य पर्यटकहरु लुक्लामा पुन रोकिएका छन् । मौसम खराबीका कारण विगत पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटकहरु लुक्लामा रोकिएका हुन् । एकातिर आरोहण त्याग्नु परेको चोट अर्कातिर मौसमका कारण लुक्लाबाट...
काठमाण्डु, २५ वैशाख – दुई बर्षभन्दा लामो अवधि लगाएर ल्याइएको प्रहरी नियमावली दुई सातामै संशोधन गरी सरकारले पुरानै प्रावधान अनुसार प्रहरी बढुवा गर्ने तयारी गरेको छ । १६ दिनअघि मात्र पारित भएको प्रहरी नियमावली, ०७१लाई बुधबार बसेको मन्त्रिपरिषद्को विधयेक समितिले संशोधन गरेको हो ।...
भद्रपुर, २४ वैशाख– प्रहरीको रासन ठेक्का पाउन बौकको कीर्ते कागजात पेस गरेको अभियोगमा विर्तामोड उद्योग वाणिज्य सङ्घका दुई पदाधिकारीलाई प्रहरीले आज पक्राउ गरेको छ । सङ्घका अध्यक्ष बलराम कार्की र वाणिज्य उपाध्यक्ष प्रकाश सिवाकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अञ्चल...