सशस्त्रको प्रवक्तामा डिआईजी कार्की

काठमाण्डु टुडे २०८३ जेठ ३० गते १४:०७ मा प्रकाशित

काठमाण्डु– सशस्त्र प्रहरीले प्रक्ताको जिम्मेवारी डिआईजी नेत्रबहादुर कार्कीलाई दिएको छ ।

प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले शुक्रबारेखि कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन् ।

यसअघि डिआईजी विष्णुप्रसाद भट्ट सशस्त्रको प्रवक्ता थिए ।

भट्टको केही दिनअघि महोत्तरीस्थित सशस्त्र प्रहरी बल नेपाल, नम्बर–२ छिन्नमस्ता बाहिनी प्रमुखका रुपमा सरुवा भएको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us