जेनजी  आन्दोलन क्रममा नख्खु कारागारबाट भागेका डाँका मुद्धाका कैदी पक्राउ

काठमाण्डु टुडे २०८३ जेठ ३० गते १३:४९ मा प्रकाशित

काठमाण्डु– जेनजी आन्दोलनका क्रममा २४ भदौमा नख्खु कारागार तोडेर भागेका एक कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सैलुङ गाउँपालिका–८ दोलखाका ४४ वर्षीय सुनिल श्रेष्ठ छन् ।

श्रेष्ठ चोरी डाँका मुद्धामा ५ वर्षका लागि जेल परेका थिए ।

उनलाई शुक्रबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरिएको काठमाण्डु पउत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

खड्काका अनुसार पक्राउ परेका खड्कालाई नख्खु कारागारको जिम्मा लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us