एआइजी बढुवा गर्न कानुनमा हस्तक्षेप

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते १:३९ मा प्रकाशित

police_logoकाठमाण्डु, २५ वैशाख – दुई बर्षभन्दा लामो अवधि लगाएर ल्याइएको प्रहरी नियमावली दुई सातामै संशोधन गरी सरकारले पुरानै प्रावधान अनुसार प्रहरी बढुवा गर्ने तयारी गरेको छ ।

१६ दिनअघि मात्र पारित भएको प्रहरी नियमावली, ०७१लाई बुधबार बसेको मन्त्रिपरिषद्को विधयेक समितिले संशोधन गरेको हो । विधेयक समितिको बैठकले पुरानै प्रावधानअनुसार प्रहरीको बढुवा गर्नेगरी नियमावली संशोधन गरेको छ ।

नेपाल प्रहरीका सात एआइजी पदमा आफ्ना व्यक्तिलाई बढुवा गर्न नियमाली संशोधन गरिएको हो । सात एआइजी पद ६ महिनादेखि चलखेलकै कारण रिक्त रहँदै आएको छ ।

विधेयक समितिको बैठकले कार्यक्षमतामा आधारित हुने एआइजी बढुवा प्रणालीलाई खारेज गरी मन्त्रीको ठाडो सिफारिसमा बढुवा गर्नेगरी नियमावली संशोधन गरेको छ । यसअघि एआइजी बढुवा महानिरीक्षक तथा प्रधानमन्त्री कार्यालयका सचिव सस्दय हुने गरी बोर्डको व्यवस्था गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us