ट्राफिक कारबाहीबाट १७ लाख ८६ हजार बढी राजस्व संकलन

काठमाण्डु टुडे २०८३ जेठ ३० गते १५:३७ मा प्रकाशित

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ५९८ चालक कारबाहीमा परेका छन् ।

उक्त कारबाहीबाट राज्यकोषमा १७ लाख ८६ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १९९, नियमविपरीत राइड सेयरिङ गर्ने १६७, ट्राफिक सङ्केत बत्ती उल्लंघन गर्ने १२० तथा तीव्र गतिमा सवारी चलाउने १६८ चालकलाई कारबाही गरिएको छ ।

त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने १२६, सडक पेटीमा सवारी पार्किङ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १८६ र अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ३५६ जनामाथि पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us