विराटनगर, २४ वैशाख– सरकारको गति सुस्त भएको टिप्पणी भइरहेका बेला प्रधानमन्त्री सुशील कोइरालाले सरकार चलाउन गाह्रो परिरहेको बताएका छन् । इलाममा आयोजित एक धार्मिक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्ता साझेदारको चित्त बुझाएर सरकार चलाउन अप्ठेरो भएको...
काठमाण्डु, २४ वैशाख– एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन बहिस्कार गरेका बाबुराम भट्टराईसहित सो पक्षका नेता पार्टीको साधारण सदस्यका हैसियतमा बस्ने भएका छन् । भट्टराई पक्षका नेता टोपबहादुर रायमाझीले आफूहरु पार्टी नछाड्ने स्पष्ट गर्दै साधारण सदस्यका हैसियतमा सक्रिय हुने बताए । ‘यो पार्टी बनाउनमा हाम्रो पनि...
विराटनगर, २४ वैशाख– वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यले एक साताभित्रै २६ सभासद् मनोनयन हुने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले सभासद् मनोनयन प्रक्रिया अन्तिम चरणमा पुगेको र एक हप्ताभित्रै संविधानसभाले पूर्णता: पाउने उल्लेख गरे । मन्त्री आचार्यले वर्तमान सरकारले संविधान...
इलाम, २४ वैशाख– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले माघ पहिलो सातासम्म मुलुकले नयाँ संविधान पाउने दाबी गरेका छन् । एमाले इलाम जिल्ला कमिटीले बुधबार गरेको कार्यकर्ता भेटघाटमा मन्त्री आचार्यले एक वर्षभित्र संविधान निर्माण गर्न सबै दल सकारात्मक रहेको बताए । अर्को एक...
काठमाण्डु, २४ वैशाख – राष्ट्रपति डा रामवरण यादवसमक्ष इजिप्ट, दक्षिण कोरिया र सिङ्गापुरका नवनियुक्त राजदूतले आज आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्टका राजदूत बहेर नाबिल अब्देल फताह हेल्मी, दक्षिण कोरियाका राजदूत चो आङ जिन...
दाङ , २४ वैशाख – जिल्लाको पश्चिम भागमा पर्ने पुरन्धरा गाविसको श्री जनकल्याण मावि पदमपुरको परिसरमा आज बिहान ९ः३० बजे प्रेसरकुकर बम फेला परेको छ । इलाका प्रहरी कार्यालय पुरन्धराका अनुसार विद्यालयलाई लक्षित गरी त्यहाँ बम राखेको भेटिएको हो । बम कसले र किन...
सोलुखुम्बु, २४ वैशाख– जिल्लामा सक्रिय विभिन्न आठ राजनीतिक दलले जिल्ला विकास समितिको कार्यालय सोलुखुम्बुमा तालाबन्दी गरेका छन् । यसअघि वैशाख १९ गते ज्ञापनपत्र बुझाउँदै एक महिनादेखि जिल्लामा नआएका स्थानीय विकास अधिकारीले हिजोसम्म कार्यालयमा हाजिर भएर कार्य सञ्चालन गर्नुपर्ने माग गरेका दलहरुले आफूहरुले दिएको समयावधिसम्म...
काठमाडौ, २४ बैशाख – नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफूहरु को नीति, नेतृत्व र पार्टीले अघि सारेको ६ बुँदे प्रस्तावलाई स्विकारेर आए मात्रै एकीकृत नेकपा माओवादीसँग पार्टी एकीकरण हुन सक्ने स्पष्ट पारेका छन । एक कार्यक्रममा उनले भने– नेकपा–माओवादीले अपनाएको नीति, मोहन बैद्य किरणको नेतृत्व...
धनगढी, २४ वैशाख –यस बर्षको विश्वकप फुटबल प्रतियोगिताको कैलाली, कास्की र मकवानपुर जिल्लाका ६ जना किशोरकिशोरीले स्थलगत रुपमा अवलोकन गर्न पाउने भएका छन् । मर्सि क्रोप्स नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार खेलका माध्यमबाट युवा विकास, सामाजिक एकता र विकास भन्ने...
विराटनगर, २४ वैशाख – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले पार्टीलाई पुनःनिर्माण एवम् सुदृढीकरण गर्न सहयोग पुगेको बताएका छन् । विराटनगरमा आज बिहान सञ्चारकर्मीसँगको भेटघाटमा अध्यक्ष दाहालले सम्मेलनबाट पार्टीको दस्तावेज र विधान संशोधन एकमतले पारित हुनुले पार्टी बलियो भएको बताए...
काठमाण्डु, २४ वैशाख – समाजमा हुने गरेका अपराधिक क्रियाकलाप रोक्न को प्रहरीले काठमाण्डु उपत्यकामा विषेश अभियान संचलान गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डुले आफु मातहतका वृत्त, प्रभाग, तथा बिटहरुलाई राजधानीका गल्ली, र टोलहरुमा परिचालन गर्नका लागी २ सय साईकल बितरण गरेको छ ।...
काठमाण्डु, २२ वैशाख –अस्थायी शिक्षक संघर्ष समितिले आन्दोलनलाई आज पनि जारी राखेको छ । आन्दोलनको कार्यक्रम अनुसार आज बिद्यालय बन्दलाई फिर्ता गरी देशैभरका ३० हजार अस्थायी शिक्षकहरुले कक्षा बहिस्कार गर्ने भएका छन् । केन्द्रमा भने प्रमुख दलहरुका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय भएको...