प्रेसरकुकर बम फेला, डिस्पोजका लागि सेना जाँदै

काठमाण्डु टुडे २०७१ वैशाख २४ गते ९:२१ मा प्रकाशित

दाङ , २४ वैशाख – जिल्लाको पश्चिम भागमा पर्ने पुरन्धरा गाविसको श्री जनकल्याण मावि पदमपुरको परिसरमा आज बिहान ९ः३० बजे प्रेसरकुकर बम फेला परेको छ ।

इलाका प्रहरी कार्यालय पुरन्धराका अनुसार विद्यालयलाई लक्षित गरी त्यहाँ बम राखेको भेटिएको हो । बम कसले र किन राखेको हो भन्नेबारेमा कुनै जानकारी नभएको विद्यालयले जनाएको छ ।

विद्यालय प्राङ्गण नजिकै बम भेटिएपछि आज सो विद्यालयमा पढाइ बन्द भएको छ । बम राखेको स्थानमा अहिले प्रहरीले सुरक्षा दिइरहेको छ ।

बम डिस्पोजका लागि नेपाली सेना १९ नम्बर बाहिनी तुलसीपुरबाट डिस्पोज टोली त्यसतर्फ हिँडिसकेको बाहिनीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us