राष्ट्रपतिसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाण्डु टुडे २०७१ वैशाख २४ गते ११:२५ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख – राष्ट्रपति डा रामवरण यादवसमक्ष इजिप्ट, दक्षिण कोरिया र सिङ्गापुरका नवनियुक्त राजदूतले आज आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्टका राजदूत बहेर नाबिल अब्देल फताह हेल्मी, दक्षिण कोरियाका राजदूत चो आङ जिन र सिङ्गापुरका राजदूत लिम थ्वान क्वानले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

इजिप्ट र दक्षिण कोरियाका राजदूतहरू आवासीय हुन भने सिङ्गापुरका गैरआवासीय राजदूत हुन् । उनले भारतको नयाँदिल्लीमा रहेर नेपाल मामिला हेर्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us