समाचार

माग पुरा नगरेको भन्दै शिक्षकले गरे पठनपाठन बन्द

२०७१ वैशाख २३ गते ५:४०

काठमाण्डु, २३ वैशाख –अस्थायी शिक्षकहरुले आज सामुदायिक विद्यालयमा पठनपाठन बन्दको घोषणा गरेका छन् । सरकारले माग पूरा नगरेको र शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै अस्थायी शिक्षकहरुले आज एकदिन विद्यालयमा नपढाउने बताएका हुन् । आज शिक्षक सेवा आयोगमा धर्ना दिने कार्यक्रम रहेको अस्थायी शिक्षक...

दाइजोमा भैंसी नदिएको भन्दै गर्भवतीलाई मार्ने प्रयास

२०७१ वैशाख २३ गते ५:३१

बाँके, २३ वैशाख – मोटरसाइकल र भैँसी दाइजो नल्याएको भन्दै जिल्लामा एक गर्भवती महिलालाई आफ्नै पतिले जलाएर मार्ने प्रयास गरेका छन् । शरीरको तल्लो भाग पूरै जलेर गम्भीर बनेकी राप्तीपारि लक्ष्मणपुर–८ मियापुरवाकी रिहाना सेख ढफालीलाई दुई दिन घरमै राखेर उपचार बहानामा भारत बहराइच पु¥याएर...

पश्चिमाञ्चल क्षेत्रमा इन्धन ढुवानीको छुट्टै व्यवस्था

२०७१ वैशाख २३ गते ४:३०

काठमाण्डु, २३ वैशाख – नेपाल आयल निगमले पश्चिमाञ्चल क्षेत्रमा पेट्रालियम पर्दाथ ढुवानीको लागि वैकल्पिक ब्यवस्था गर्ने भएको छ । तेल चोरीमा संलग्न व्यवसायीलाई कार्वाही नगर्न माग गर्दै पश्चिमाञ्चल क्षेत्रका पेट्रोलियम ढुवानी व्यवसायीले आपूर्ति बन्द गरेपछि निगमले त्यस क्षेत्रमा बैकल्पिक व्यवस्था गरेर तेल ढुवानी गर्न...

संविधानसभामा विवादित बिषयको टुंगो लाग्ने

२०७१ वैशाख २३ गते ४:२३

काठमाण्डु, २३ वैशाख –अघिल्लो संविधानसभामा विवादित रहेका र सहमति बनेका विषयको निक्र्यौल हुने भएको छ । संविधानसभा अभिलेख अध्ययन तथा निक्र्योल समितिले सहमति र असहमतिका विषय छुट्याएर थप अध्ययन गर्ने भएको छ । समिति अन्र्तगतका छ वटा उपसमितिले मंगलबार संविधानको प्रारम्भिक मस्यौदामा रहेका सहमति...

पत्रकार महासंघमा जित्ने र हार्नेले कतिकति मत ल्याए ?

२०७१ वैशाख २३ गते ३:५७

काठमाण्डु, २३ वैशाख नेपाल पत्रकार महासंघमा महेन्द्र विष्टको प्यानल बिजयी भएको छ । अधिका‌श पदहरुकमा सयुक्त व्यवसायिक प्यानलले जित हात पारेको छ । प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, महासंघलगायतको गठवन्धनले धेरै पदमा जितेको हो । महासंघमा निर्वाचित हुने र पराजित हुनेले कति मत प्राप्त...

एमाले अध्यक्ष खनालको टोली चीन जाँदै

२०७१ वैशाख २३ गते ३:३७

काठमाण्डु, २३ वैशाख – नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा खनाल नेतृत्वको टोली त्यसतर्फ जान लागेको हो । खनाल नेतृत्वको टोली अपरान्ह सवा ४ वजे चाइना इस्टर्न एयरलाइन्सबाट...

एमाओवादी सम्मलेनले नयाँ नेतृत्व चयन गर्दै

२०७१ वैशाख २३ गते ३:३३

काठमाण्डु, २३ वैशाख – एकीकृत नेकपा माओवादीको नयाँ नेतृत्व चयन गर्दै विराटनगरमा जारी राष्ट्रिय सम्मेलन आज सकिँदैछ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा रहने ९९ जनाको नामावली चयन गरेपछि बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भने रुष्ट देखिएका छन् । दाहालले आफू पक्षधरलाई मात्र...

महासंघलाई निर्णायक शक्ति बनाउँछु –महेन्द्र विष्ट

२०७१ वैशाख २२ गते १४:४६

काठमाण्डु, २२ वैशाख –नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष महेन्द्र विष्टले पत्रकारका पेशागत समस्या समाधान आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । निर्वाचित भएपछि काठमाण्डु टुडेसँग कुराकानी गर्दै विष्टले वीस बर्षे पुरानो श्रमजीवी ऐनलाई क्रियाशील गरी कार्यान्वयन गर्ने बताए । पत्रकारका भौतिक देखि सामाजिक सुरक्षालाई...

बीएलको परीक्षाफल प्रकाशित

२०७१ वैशाख २२ गते १३:०८

काठमाण्डु, २२ वैशाख –  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७० सालमा सञ्चालित कानुन सङ्कायतर्फ बी.एल. प्रथम र द्वितीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।...

धर्मकर्मकालागि पूर्वराजा ज्ञानेन्द्र झापामा

२०७१ वैशाख २२ गते १२:४९

भद्रपुर, २२ वैशाख – पूर्वराजा ज्ञानेन्द्र शाह आज मध्याह्न झापा आएका छन् । कोमल शाहसहित झापामा एक साताको बसाईमा झापा र मेची अञ्चलका विभिन्न धार्मिक तथा साँस्कृतिक शक्तिपीठका साथै एतिहासिक स्थलहरुको अवलोकन, भ्रमण कार्यक्रमरहेको स्वागत समितिका अध्यक्ष नारायण राजवंशीले जानकारी दिए । भद्रपुर विमानस्थलमा...

पत्रकार महासंघको अध्यक्षमा महेन्द्र विष्ट विजयी

२०७१ वैशाख २२ गते १२:०५

काठमाण्डु, २२ वैशाख – नेपाल पत्रकार महासंघको अध्यक्षमा महेन्द्र बिष्ट बिजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी पोषण केसीलाई पराजित गर्दै बिष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । प्रेस चौतारी र क्रान्तिकारी संघलगायतको संयुक्त गठनबन्धनले अधिकाँश पदमा बिजयी हात पारेको छ । उपाध्यक्षमा खिलबहादुर भण्डारी, महासचिवमा...

केपी ओलीको स्वास्थ्यको कारण सर्‍यो एमाले महाधिवेशन

२०७१ वैशाख २२ गते ८:५७

काठमाण्डु, २२ वैशाख –नेकपा एमालेको नबौँ महाधिवेशनको मिति चौथो पटक सरेको छ । एमालेले जेठको अन्तिम साता महाधिबेशन गर्न तयारी नपुग्ने भन्दै मिति सारेको हो । आजको बसेको केन्द्रिय कमिटीको बैठकले महाधिवेशन एक महिना सार्ने निर्णय गर्दै असार १९ देखि २५ गतेसम्मका लागि मिति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us