पत्रकार महासंघको अध्यक्षमा महेन्द्र विष्ट विजयी

काठमाण्डु टुडे २०७१ वैशाख २२ गते १२:०५ मा प्रकाशित

fnj logoकाठमाण्डु, २२ वैशाख – नेपाल पत्रकार महासंघको अध्यक्षमा महेन्द्र बिष्ट बिजयी भएका छन् ।

निकटतम् प्रतिद्वन्द्वी पोषण केसीलाई पराजित गर्दै बिष्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रेस चौतारी र क्रान्तिकारी संघलगायतको संयुक्त गठनबन्धनले अधिकाँश पदमा बिजयी हात पारेको छ । उपाध्यक्षमा खिलबहादुर भण्डारी, महासचिवमा उजीर मगर, सचिवमा प्रभात चलाउने, महिला सचिवमा संगीत खड्का बिजयी भएका छन् ।

भने समावेशी उपाध्यक्षमा प्रेस युनियनकी अनिता विन्दू बिजयी भएकी छन् । उनले महेश दासलाई पराजित गरेकी हुन् ।

युनियनका तर्फबाट उपाध्यक्षमा रामजी दाहाल, महासचिवमा जगत नेपाल, सचिवमा दिलिप थापा मगर, कोषाध्यक्षमा रमेश बिष्टले उम्मेदवारी दिएका थिए ।

बाँकी सदस्यहरुको मतगणना केहीवेरपछि हुने निर्वाचन समितिले जनाएको छ ।बिजयीहरुको औपचारिक घोषणा हुन भने बाँकी नै छ ।उपाध्यक्षमा ५ मतले पराजित भएपछि रामजी दाहाले पुन मत गणनाको माग गरेपछि अहिले गणना भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us