धर्मकर्मकालागि पूर्वराजा ज्ञानेन्द्र झापामा

काठमाण्डु टुडे २०७१ वैशाख २२ गते १२:४९ मा प्रकाशित

Gyanendra

भद्रपुर, २२ वैशाख – पूर्वराजा ज्ञानेन्द्र शाह आज मध्याह्न झापा आएका छन् ।

कोमल शाहसहित झापामा एक साताको बसाईमा झापा र मेची अञ्चलका विभिन्न धार्मिक तथा साँस्कृतिक शक्तिपीठका साथै एतिहासिक स्थलहरुको अवलोकन, भ्रमण कार्यक्रमरहेको स्वागत समितिका अध्यक्ष नारायण राजवंशीले जानकारी दिए ।

भद्रपुर विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि उपस्थित जनसमुदायले उनको सम्मानमा नाराहरु लगाएका थिए । विमानस्थलको विशिष्ट कक्षमा पत्रकारहरुले उनि समक्ष जिज्ञासा राख्न खोज्दा उनले केही जवाफ दिन चाहेनन् ।

दमकस्थित हिमालय टि स्टेटमा उहाँहरुको एक सातासम्म बसाई कार्यक्रम रहेको स्वागत समितिका अध्यक्ष राजवंशीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us