काठमाण्डु, २२ वैशाख –नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष महेन्द्र विष्टले पत्रकारका पेशागत समस्या समाधान आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
निर्वाचित भएपछि काठमाण्डु टुडेसँग कुराकानी गर्दै विष्टले वीस बर्षे पुरानो श्रमजीवी ऐनलाई क्रियाशील गरी कार्यान्वयन गर्ने बताए ।
पत्रकारका भौतिक देखि सामाजिक सुरक्षालाई आफ्नो नेतृत्वले मध्यनजर गर्दै काम गर्ने उनको भनाई छ । बिष्टले भने ‘ हामी उद्देश्य हासिल गर्न प्राथमिकता निर्धारण गर्ने छौं, यसका लागि महासंघ शसक्त तवरले लाग्ने छ । ’
राष्ट्रिय मिडिया आयोग गठन गरेर पत्रकारको दक्षता बढाउन पहल गर्ने बिष्टले बताए । ०६२ –०६३ सालको आन्दोलनमा जसरी पत्रकार महासंघ जुझारु र निर्णयशक्ति थियो त्यस्तै अवस्थामा महासंघलाई लैजाने उनको दावी छ ।