काठमाण्डु, २४ वैशाख – जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री सेइजी किहारा छ सदस्यीय उच्चस्तरीय जापानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न यहाँ आइपुगेका छन् । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग उनले भोलि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
काठमाण्डु, २४ वैशाख– पार्टीको विराटनगर राष्ट्रिय सम्मेलन बहिस्कार गरेका एकीकृत माओवादी नेता बाबुराम भट्टराई चीन गएका छन् । पत्नी एवम् पार्टी नेतृ हिसिला यमी र छोरी मानुषीका साथ भट्टराई बुधबार सवा १० बजे ल्हासा प्रस्थान गरेका हुन् । भट्टराईले भ्रमणलाई पारिवारिक पर्यटकीय भ्रमण भने...
काठमाण्डु, २४ वैशाख – संविधान लेख्न संविधानसभा पठाइएका सभासद आफ्नै घरकरेसोमा मोटरबाटो लैजान दिनहुँ बजेट माग्दै मन्त्रालय धाइरहेका छन् । नयाँ आर्थिक बर्षको बजेट तयारी भइरहँदा सभासद तथा विभिन्न पार्टीका नेता निर्वाचन क्षेत्रको निहुंमा आफू वा नजिकका कार्यकर्ताको घरपायक बाटो लैजान भौतिक निर्माण तथा यातायात मन्त्रालय...
विराटनगर, वैशाख २३ – एकीकृत माओवादीको विराटनगर राष्ट्रिय सम्मेलन ८४ सदस्यीय केन्द्रीय समिति चयन गर्दै मंगलबार सकिएको छ । प्रतिनिधिले निर्वाचनमार्फत केन्द्रीय समिति चयन गर्न दबाब दिए पनि ‘हेर्डक्वाटर’ ले प्रस्ताव गरेको ८४ जना केन्द्रीय सदस्यलाई बन्दशत्रले अनुमोदन गरेको हो । यद्यपि सम्मेलनले केन्द्रीय...
काठमाण्डु, २३ वैशाख– एमाले अध्यक्ष झलनाथ खनाल १० दिने चीन भ्रमणका सिलसिलामा त्यसतर्फ प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष खनाल मंगलबार त्यसतर्फ गएका हुन् । चीन प्रस्थान गर्नुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँ कुरा गर्दै अध्यक्ष खनालले...
काठमाण्डु, २३ वैशाख– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकृत नेकपा माओवादीसँग एकताका लागि विभिन्न ६ वटा सर्त अघि सारेको छ । पार्टीको हालै सम्पन्न पोलिट्ब्युरो बैठकका निर्णय सार्वजनिक गर्न अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि सर्त...
काठमाण्डु, २३ वैशाख– नेपाली काँग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले पदबाट राजीनामा दिएका छन् । नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनमा युनियनले उठाएको पोषण केसी नेतृत्वको प्यानल पराजित भएकामा नैतिक जिममेवारी लिंदै उनले राजीनामा दिएका हुन् । पोखरेलले संगठन प्रमुखका रुपमा...
काठमाण्डु, २३ वैशाख– सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र अन्य राजनीतिक दलसँग छलफल गरेर सहमतिको आधारमा संविधानसभालाई पूर्णता दिइने बताएका छन् । सूचना तथा सञ्चारमन्त्री डा रिजालले मन्त्रिपरिषद्ले मनोनयन गर्ने २६ सभासद्को चयनका लागि चाँडै प्रमुख राजनीतिक दलसँग सहमति गरिने...
काठमाण्डु, २३ वैशाख– बरिष्ठ नेता बाबुराम भट्टराई सहित एक दर्जन नेता बिराटनगरमा जारी राष्ट्रिय सम्मेलन छाडी काठमाडौंतर्फ लागेका छन् । बाबुरामसँगै उनको समूहका एक दर्जन नेताहरु केन्द्रीय समितिमा बस्दैनौं भन्दै बाहिरिएपछि प्रचण्डले बहिस्कारवादीको नाम हटाएर केन्द्रीय समिति घोषणा गरेका छन् । भट्टराईले आफू पार्टीको...
दमक, २३ वैशाख – झापा दमकस्थित आम्दा अस्पतालमा एक बिरामीले आज बिहान आत्महत्या गरेका छन् । बेलडाँगी– १ सेक्टर बी वान छाप्रा नं ८४÷८५ का क्षयरोगका बिरामी ३६ वर्षीय कीर्तिमान राईले उपचार क्रममा बिहान आत्महत्या गरेका हुन् । क्षयरोगको उपचार गरिरहेको कोठा नम्बर १२...
काठमाण्डु, २३ वैशाख– असार ८ मा गर्न लागिएको उप निर्वाचन बैद्य माओवादीले बहिष्कार गर्ने घोषणा गरेको छ । मंगलबार बसेको पार्टीको पोलिटब्यूरो समितिको बैठकले सो निर्णय केन्द्रीय कार्यालय बुद्धनगरमा प्रेस विज्ञप्ती जारी गर्दै सार्वजनिक गरेको हो । अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले...
काठमाण्डु, २३ वैशाख– एकीकृत माओवादीले दक्षिण छिमेकी भारतलाई पुन: विस्तारवादी भन्ने भएको छ । २०६२/०६३ को जनआन्दोलनपछि शान्तिपूर्ण राजनीतिमा आएयता माओवादीले भारतलाई विस्तारवादी भन्न छाडेको थियो । विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा प्रस्तुत अध्यक्ष ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावमा भारतलाई विस्तारवादी किटान गरिने भएको हो...