काठमाण्डु, २४ वैशाख– पार्टीको विराटनगर राष्ट्रिय सम्मेलन बहिस्कार गरेका एकीकृत माओवादी नेता बाबुराम भट्टराई चीन गएका छन् ।
पत्नी एवम् पार्टी नेतृ हिसिला यमी र छोरी मानुषीका साथ भट्टराई बुधबार सवा १० बजे ल्हासा प्रस्थान गरेका हुन् ।
भट्टराईले भ्रमणलाई पारिवारिक पर्यटकीय भ्रमण भने पनि चिनियाँ नेताहरुसँग समेत भेटघाट गर्ने बताइएको छ । भट्टराई दम्पत्ति ल्हासा हुँदै छेग्दु जाने कार्यक्रम छ । भट्टराईको यो पहिलो चीन भ्रमण हो । उनी प्रधानमन्त्री भएका बेला समेत चीन गएका थिएनन् ।
भट्टराई आगामी ३० वैशाखमा स्वदेश फर्कने कार्यक्रम छ ।