जापानी उपमन्त्री नेपालमा

काठमाण्डु टुडे २०७१ वैशाख २४ गते ३:४३ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख – जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री सेइजी किहारा छ सदस्यीय उच्चस्तरीय जापानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न यहाँ आइपुगेका छन् ।

राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग उनले भोलि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग आज भेटवार्ता गर्नेछन् भने उनको सम्मानमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडैलले आजै रात्रिभोजको आयोजना गर्नेभएका छन् ।

दुईदिने भ्रमणका क्रममा उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित जापानी दूतावासले जनाएको छ । यद्यपि, दूतावासले भेटवार्ता गर्ने नेताहरूको नाम सार्वजनिक गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us