चीन जानु छ भन्दै हिंडे भट्टराई, प्रचण्डले घोषणा गरे केन्द्रिय समिति

काठमाण्डु टुडे २०७१ वैशाख २३ गते १०:०३ मा प्रकाशित

Baburam-Bhattarai_20110602084615

काठमाण्डु, २३ वैशाख– बरिष्ठ नेता बाबुराम भट्टराई सहित एक दर्जन नेता बिराटनगरमा जारी राष्ट्रिय सम्मेलन छाडी काठमाडौंतर्फ लागेका छन् । बाबुरामसँगै उनको समूहका एक दर्जन नेताहरु केन्द्रीय समितिमा बस्दैनौं भन्दै बाहिरिएपछि प्रचण्डले बहिस्कारवादीको नाम हटाएर केन्द्रीय समिति घोषणा गरेका छन् ।
भट्टराईले आफू पार्टीको कुनै पदमा नबस्ने घोषणा गरेका छन् । यद्यपी, भोलि चीन जानु छ भन्ने कारण देखाएर उनि पन्छिएका छन् ।

बन्दसत्रलाई अध्यक्ष प्रचण्डले सम्बोधन गरेपछि करिव ११ मिनेट बोलेका भट्टराईले आफ्नो छोटो मन्तव्यमा पदमा नबस्ने घोषणा गरेको एक नेताले जानकारी दिए ।

भट्टराई बोलेपछि उनी निकट नेता टोपवहादुर रायमाझीले बन्दसत्रमा आफ्नो कुरा राख्दै आफू पनि पदमा नबसी बाहिरैबाट पार्टीलाई सहयोग गर्ने बताएका थिए। साथै प्रभु साह, हिसिला यमी, देवेन्द्र पौडेल, वलावती शर्मा, कुमार पौडेल, गंगा श्रेष्ठ, हेमराज भण्डारी, देवी खड्का लगायतका नेताले पनि पदमा नबस्ने घोषणा गरेका छन् ।
विपक्षीको मतलाई उपेक्षा गरिएको भन्दै नेताहरुले पदमा नरहने घोषणा गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us