काठमाण्डु, २२ वैशाख – अध्यक्ष प्रचण्डद्धारा ९९ सदस्यीय केन्द्रीय समितिको नाम प्रस्तुत गरेका छन् ।तर नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अहसमतिपछि बन्दसत्र मंगलबार बिहान ८ बजेसम्मका लागि स्थगित भएकाे छ । यसबारे सम्मेलन आयोजक समितिमा छलफल भइरहेकाे एक नेताले बताए । सोमबार विहान...
काठमाण्डु, २२ वैशाख गएरातिदेखि परेको पानीसँग झरेको पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा र चितवनको फिस्लिङमा पहिरो गएको छ । आइतबारदेखि परेको अविरल वर्षा पछि गएको पहिरोले काठमाण्डुलागि आएका र काठमाण्डुबाट छुटेका सवारी सधानबीच बाटोमा अलपत्र परेका छन् ।...
काठमाण्डु,२२ वैशाख – सिन्धुलीमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । काठमाण्डुबाट सिन्धुली चकमके जाँदै गरेको बा २ ख ६६०६ नम्बरको बस सिन्धुलीकै कर्करे भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका तथा...
काठमाण्डु,२२ वैशाख – नेपाल पत्रकार महासंघको केही पदको चुनावी परिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, उपत्यका,मध्यपश्चिम, र कर्णालीको चुनावी परिणाम घोषणा भएको हो । जस अनुसार प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघको प्यानलका अधिकाँश उम्मेदवार बिजयी भएका छन् । पूर्वाञ्चलबाट...
रुकुम, २१ वैशाख– छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सदरमुकाम खलङ्गा–१ बागबजारमा करेन्ट लाग्दा प्लम्बर काम गर्ने सिम्ली –७ का ४२ वर्षीय कृष्णबहादुर विकको र हावाहुरीले रुख ढल्दा स्यालाखदी – ५ का १५ वर्षीय हरि...
काठमाण्डु, २१ वैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेश जाने नेपाली कामदारलाई अनिवार्य अभिमुखीकरण तालिमको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । अख्यिारले विदेश कामदारलाई भिसा प्रक्रियाअघि नै अभिमुखीकरण तालिम दिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको हो । अख्तियारले गृह, अर्थ र श्रम...
विराटनगर, २१ वैशाख– एकीकृत माओवादीको विराटनगरमा जारी बन्दशत्रमा नेता बाबुराम भट्टराईले पेश गरेको नयाँ शक्ति निर्माणसम्बन्धी सात बुँदे फरक मतको चर्को विरोध भएको छ । बन्दशत्रमा समूहगत छलफलबाट आएका सुझाव पेश गर्ने १८ समूहका टोली नेता भट्टराईविरुद्ध खनिएका हुन् । उनीहरुले भट्टराईले पार्टी नीति...
काठमाण्डु, २१ वैशाख –नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । अध्यक्षमा प्रेस चौतारीका महेन्द्र विष्ट, प्रेस युनियनका पोषण केसी र स्वतन्त्र खुसराम यादवबीच प्रतिस्पर्धा हुँदै छ । प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशिल पत्रकार संघको...
अभिनेत्री मिथिला शर्मा र पूर्व आइजिपी मोतिलाल बोहोराबीच बिहे हुने भएको छ। ५० वर्षीया अभिनेत्री एवं नृत्यांगना शर्माले ७४ वर्षीय बोहोरासँग बिहे गर्न लागेकी हुन्। मिथिलाले यसै वर्षभित्र नै बिहे गर्ने बताएकी छिन् भने बोहोराले यसलाई बिहे भन्नुभन्दा पनि जीवनको उत्तरार्द्धमा साथीको खोजी गरेको...
काठमाण्डु, २१ वैशाख –वैदेशिक रोजगार ठगी मुद्दामा रेड कर्नर नोटिस जारी भएका फरार अभियुक्त विष्णुबहादु तामाङ पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नुवाकोट मदनपुर ७ का ३३ वर्षीय तामाङलाई सामाखुसीबाट पक्रेको हो । वैदेशिक रोजगार ठगी मुद्दामा काठमाण्डू जिल्ला अदालतले ४ वर्षअघि...
विराटनगर, २१ वैशाख– आफ्नो सात बुँदे फरक मतमा व्यापक विरोध भएपछि एकीकृत माओवादी नेता बाबुराम भट्टराई विराटनगरमा जारी पार्टीको राष्ट्रिय सम्मेलनको बन्दशत्र छाडेर हिंडेका छन् । विराटनगर सभागृहमा जारी सम्मेलनको बन्दशत्रमा टोली नेताले समूहगत छलफलमा आएका सुझाव पेश गर्ने क्रममा आलोचना गरेपछि भट्टराई हलबाहिर...
बागलुङ, २१ वैशाख– बागलुङमा पााच दिवसीय कार्यक्रम गरी बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने भएको छ । दिवसका अवसरमा शान्तिदौड प्रतियोगिता, खुल्ला बुद्धिचाल प्रतियोगिता, अस्पतालका बिरामीलाई फलफूल वितरण, बौद्ध हाजिरीजवाफ रनिङ सिल्ड प्रतियोगिता, नृत्य प्रतिभा प्रतियोगिता, प्रभातफेरी, बुद्धपूजा, रथयात्रा, धर्मदेशना लगायतका कार्यक्रम आयोजना गरिने...