छुट्टाछुट्टै घटनामा दुईको मृत्यु, एक घाइते

काठमाण्डु टुडे २०७१ वैशाख २१ गते १४:२६ मा प्रकाशित

रुकुम, २१ वैशाख– छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सदरमुकाम खलङ्गा–१ बागबजारमा करेन्ट लाग्दा प्लम्बर काम गर्ने सिम्ली –७ का ४२ वर्षीय कृष्णबहादुर विकको र हावाहुरीले रुख ढल्दा स्यालाखदी – ५ का १५ वर्षीय हरि बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
बागबजारको एउटा घरमा खानेपानीको पाइप जडान गरिरहेका क्रममा विद्युत् सर्ट भई विकलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका विकलाई उपचारका लागि अस्पताल लैजाादै गर्दा हिजो बाटोमै मृत्यु भएको हो ।
वााफिकोट–५ लेखावाङको एउटा घरमा बास बसेका बुढाको रुख ढल्दा विहीवार घटनास्थलमै मृत्यु भएको हो भने स्यालाखदी–५ कै ३५ वर्षीया सीता थापा घाइते भएकी छन् । घाइते थापाको खुट्टा भााच्चिएको प्रहरी नायब उपरीक्षक विनयकुमार झाले जानकारी दिए ।

उनीहरू कामविशेषले स्यालाखदीबाट वााफिकोट आएका थिए । विकट ठाउा र टेलिफोनको पहुाच नभएका कारण घटनाबारे ढिलो जानकारी आएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us