काठमाण्डु,२२ वैशाख – नेपाल पत्रकार महासंघको केही पदको चुनावी परिणाम सार्वजनिक भएको छ ।
पछिल्लो परिणाम अनुसार पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, उपत्यका,मध्यपश्चिम, र कर्णालीको चुनावी परिणाम घोषणा भएको हो । जस अनुसार प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघको प्यानलका अधिकाँश उम्मेदवार बिजयी भएका छन् ।
पूर्वाञ्चलबाट गणेश पोखरेल, गणेश लम्साल बिजयी भएका छन् । मध्यमाञ्चलमा प्रेस युनियनका शितल महतो र चिरञ्जिवी मास्के बिजयी भएका छन् । संयुक्त प्यानलका तर्फबाट उपत्यकामा इश्वरी वाग्ले, रामहरि सिलवाल बिजयी भएका छन् ।
पश्चिमाञ्चलबाट हरिनारायण गौतम र रुद्र भट्टले जितेका छन् । त्यस्तै मध्यपश्चिममा झलक गैरे अजदीप शर्मा बिजयी भएका छन् । सुदूरपश्चिमबाट खगेन्द्र पन्त र प्रकाशबिक्रम शाहले जितेका छन् ।
कर्णालीबाट नवराज महतरा र प्रतिष्ठानबाट रोसन पुरी र सुरज आचार्यले बिजयी हात पारेका छन् । पदाधिकारी र अन्य खुल्ला प्रतिस्पर्धीको मत गणना चलिरहेको छ ।
सोमबार बिहान घोषित मतपरिणाम
पूर्वाञ्चल
गणेश पोखरेल- १०१
गणेश लम्साल- ८०
मध्यमाञ्चल
शितल महतो- १०३
चिरञ्जीवी मास्के- ९२
पश्चिमाञ्चल
हरिनारायण गौतम- ११९
रुद्र भट्ट- १०८
मध्यपश्चिमाञ्चल
झलक गैरे- १२२
अजयदीप शर्मा- ९२
सुदूरपश्चिमाञ्चल
प्रकाशविक्रम शाह- ५४
खगेन्द्र पन्त- ५२
उपत्यका
ईश्वरी वाग्ले- ८७
रामहरि सिलवाल- ७७
प्रतिष्ठान
सुरज आचार्य- १४२
रोशन पुरी- ११७
कर्णाली
नवराज महतारा- २७
एसोसिएट
प्रकाश तिमल्सिना- ४७
प्रदीप न्यौपाने- ४०