पाँच दिवसीय कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै

काठमाण्डु टुडे २०७१ वैशाख २१ गते ३:५० मा प्रकाशित

बागलुङ, २१ वैशाख– बागलुङमा पााच दिवसीय कार्यक्रम गरी बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने भएको छ ।
budhdhaदिवसका अवसरमा शान्तिदौड प्रतियोगिता, खुल्ला बुद्धिचाल प्रतियोगिता, अस्पतालका बिरामीलाई फलफूल वितरण, बौद्ध हाजिरीजवाफ रनिङ सिल्ड प्रतियोगिता, नृत्य प्रतिभा प्रतियोगिता, प्रभातफेरी, बुद्धपूजा, रथयात्रा, धर्मदेशना लगायतका कार्यक्रम आयोजना गरिने ज्ञानोदय विहारका अध्यक्ष मुकुन्द शाक्यले बताए ।
यही वैशाख २७ गतेदेखि सुरु हुने पााच दिवसीय कार्यक्रम ३१ गते सम्पन्न हुने उहााले जानकारी दिनुभयो । २७ गते बिहान हुने शान्तिदौड प्रतियोगता मालढुङ्गादेखि ज्ञानोदय बुद्ध विहारको प्राङ्गणसम्म हुने जनाइएको छ ।
दौडमा प्रथम हुनेलाई पााच हजार, द्वितीय हुनेलाई तीन हजार र तृतीय हुनेलाई दुई हजार पुरस्कारको व्यवस्था गरिएको दौड प्रतियोगिताका संयोजक विकास शाक्यले जानकारी दिए ।
सबै कार्यक्रमको पुरस्कार तथा व्यवस्थापनका लागि विभिन्न व्यक्तिले कोष स्थापना गरेर सहयोग प्रदान गर्दै आएको बिहारले जनाएको छ । देशभर यही वैशाख ३१ गते बुद्ध जयन्ती पर्व मनाइँदैछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us