सिन्धुलीमा बस दुर्घटना, ६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख २२ गते २:१३ मा प्रकाशित

काठमाण्डु,२२  वैशाख – सिन्धुलीमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

काठमाण्डुबाट सिन्धुली चकमके जाँदै गरेको बा २ ख ६६०६ नम्बरको बस सिन्धुलीकै कर्करे भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा ज्यान गुमाएका तथा घाइते भएकाहरुको परिचय खुल्न सकेको छैन् ।

घाइते २४ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले २४ जना घाइतेलाई अस्पताल पठाएको र उद्दार कार्य जारी रहेको जनाएको छ ।

बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us