
काठमाण्डु, २१ वैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेश जाने नेपाली कामदारलाई अनिवार्य अभिमुखीकरण तालिमको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
अख्यिारले विदेश कामदारलाई भिसा प्रक्रियाअघि नै अभिमुखीकरण तालिम दिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको हो । अख्तियारले गृह, अर्थ र श्रम मन्त्रालयका साथै श्रम विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड तथा भान्सार र अध्ययागमन विभागसँग परामर्श गरेपछि यस्तो निर्देशन दिएको हो ।
अख्तियारले मलेसियाको जेलमा रहेका र अन्य स्थानमा अलपत्र परेका नेपालीलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उद्धार गर्न पनि निर्देशन दिएको छ ।
यस्तै वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको शव स्वदेश ल्याउन २० लाख रुपैयाँ मलेसियास्थित नेपाली दूतावासलाई उपलब्ध गराउन पनि आदेश दिएको छ ।