काठमाण्डु, २१ वैशाख –नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । अध्यक्षमा प्रेस चौतारीका महेन्द्र विष्ट, प्रेस युनियनका पोषण केसी र स्वतन्त्र खुसराम यादवबीच प्रतिस्पर्धा हुँदै छ ।
प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशिल पत्रकार संघको संयुक्त प्यानलको तर्फबाट विष्ट, नेपाल प्रेस युनियनको तर्फबाट केसीले र स्वतन्त्र रुपमा खुसराम यादवले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।
विष्टको प्यानलबाट उपाध्यक्षमा खिलबहादुर भण्डारी, समावेशी उपाध्यक्षमा महेश दास, महासचिवमा उजिर मगर, कोषाध्यक्षमा सूर्यमणी गौतम, महिला सचिवमा बालकृष्ण बस्नेत, संगिता खड्का, खुल्ला तर्फको सचिवमा प्रभात चलाउने र समावशी सचिवमा धर्मेन्द्र कर्णले उम्मेदवारी दिएका छन् ।
यस्तै केसीको प्यानलबाट खुल्ला उपाध्यक्षमा रामजी दाहाल, समावेशी उपाध्यक्षमा अनिता विन्दु, महासचिवमा जगत नेपाल, खुल्ला सचिवमा दिलिप थापा मगर, एशोशियट सचिवमा प्रकाश थापा, महिला सचिवमा बसुन्धरा गौतम, समावेशी सचिवमा गोविन्द परियार र कोषाध्यक्षमा राजेश मिश्रले उम्मेदवारी दिएका छन् ।
यसैगरी उपाध्यक्षमा दिपक पाठक र शिवबहादुर कार्कीले तथा सचिवका लागि बालकृष्ण बस्नेत, समावेशी सचिवमा रविन्द्र कुमार श्रेष्ठले पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।
यसैगरी ५ सदस्यका लागि दुई प्यानलबाट पाँच पाँच र स्वतन्त्र ४ गरी १४ जनाको उम्मेदवारी परेको छ ।