काठमाण्डु, २१ वैशाख –वैदेशिक रोजगार ठगी मुद्दामा रेड कर्नर नोटिस जारी भएका फरार अभियुक्त विष्णुबहादु तामाङ पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नुवाकोट मदनपुर ७ का ३३ वर्षीय तामाङलाई सामाखुसीबाट पक्रेको हो ।
वैदेशिक रोजगार ठगी मुद्दामा काठमाण्डू जिल्ला अदालतले ४ वर्षअघि उनलाई डेढ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
इन्टरनेशनल प्रालिका संचालक रहेका तामाङसहित अरु ३ जनाले बहराईन पठाइदिने भन्दै २०६३ सालमा ३ सय २० जनाबाट २ करोड, १० लाख ६६ हजार ८ सय २० रुपैयाँ ठगी गरेका उजुरी परेको थियो ।