दमक, २३ वैशाख – झापा दमकस्थित आम्दा अस्पतालमा एक बिरामीले आज बिहान आत्महत्या गरेका छन् ।
बेलडाँगी– १ सेक्टर बी वान छाप्रा नं ८४÷८५ का क्षयरोगका बिरामी ३६ वर्षीय कीर्तिमान राईले उपचार क्रममा बिहान आत्महत्या गरेका हुन् ।
क्षयरोगको उपचार गरिरहेको कोठा नम्बर १२ मा कुरुवा नभएको बेला उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित मङ्गलबारेको प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ ।
चार महिनाअघिदेखि अस्पतालमा बसेर क्षयरोगको औषधि खाइरहेका राई सोमबार मात्र घर गएर आएको उनका दाजु कुबेरप्रसादले बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन ढकालले मानसिक तनावका कारण बिरामीले आत्महत्या गरेको हुन सक्ने बताए ।
४० पुग्न लाग्दा फेरि वैंश आउँछ भन्थे हो रहेछ ।