एमाले अध्यक्ष खनालको टोली चीन जाँदै

काठमाण्डु टुडे २०७१ वैशाख २३ गते ३:३७ मा प्रकाशित

JN_khanal1काठमाण्डु, २३ वैशाख – नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन जाने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा खनाल नेतृत्वको टोली त्यसतर्फ जान लागेको हो । खनाल नेतृत्वको टोली अपरान्ह सवा ४ वजे चाइना इस्टर्न एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । टोली कुम्निङ हुँदै बेइजिङ पुग्ने कार्यक्रम छ ।

१० दिने भ्रमणका क्रममा खनाल नेतृत्वको टोलीले कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । खनाल नेतृत्वको टोलीमा वेदुराम भुसाल, पर्शुराम मेघी गुरुङ, एकबहादुर राना, गरिमा शाह, पद्मा अमात्य, शत्रुधन महतो, मिलन तुलाधर, चिरन्जिवी आचार्य, धनकुमारी सुनार लगायत छन् ।

सचिव बिष्णु पौडेलले भने अन्तिम समयमा भ्रमण स्थगित गरेका छन् । संविधान निर्माणको काम तिव्र रुपमा अघि बढेकाले महत्वपुर्ण समितिको सभापतिको जिम्मेवारीमा रहेका बेला विदेश भ्रमण गर्दा समस्या हुने भन्दै पौडेलले भ्रमण स्थगित गरेकोे स्रोतले जनाएको छ ।

यसअघि सभामुख सुवास नेम्वाङले पनि संविधान निर्माणको अवधीभर विदेश भ्रमणमा नजान सभासदहरुसँग आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us