पश्चिमाञ्चल क्षेत्रमा इन्धन ढुवानीको छुट्टै व्यवस्था

काठमाण्डु टुडे २०७१ वैशाख २३ गते ४:३० मा प्रकाशित

NEPAL-OIL-PATHLAIYA-DEPOTकाठमाण्डु, २३ वैशाख – नेपाल आयल निगमले पश्चिमाञ्चल क्षेत्रमा पेट्रालियम पर्दाथ ढुवानीको लागि वैकल्पिक ब्यवस्था गर्ने भएको छ ।
तेल चोरीमा संलग्न व्यवसायीलाई कार्वाही नगर्न माग गर्दै पश्चिमाञ्चल क्षेत्रका पेट्रोलियम ढुवानी व्यवसायीले आपूर्ति बन्द गरेपछि निगमले त्यस क्षेत्रमा बैकल्पिक व्यवस्था गरेर तेल ढुवानी गर्न लागेको हो ।

आयल निगमका निमित्त महाप्रबन्धक सागर सत्यालले अन्य क्षेत्रका ट्याङकरलाई त्यस क्षेत्रमा पठाएर तेल ढुवानी गर्ने तयारी गरेको जानकारी दिए । साथै पश्चिमाञ्चलका केही क्षेत्रमा अमलेखगञ्जबाटै तेल ढुवानी गर्ने तयारी पनि निगमले गरेको छ ।

रुपन्देहीको २ वटा ठाउँबाट तेल चोर्दै गरेको अवस्थामा पक्राउ परेका १९ वटा ट्याङकरका चालकले तेल चोर्ने कार्यमा ट्याङकरधनीको समेत संलग्नता रहेको बयान दिएपछि १६ जनाको नाममा पक्राउ पुर्जी जारी गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रका ट्याङकर ब्यवसायीले ति ट्याङकरधनीलाई कारबाही नगर्न दवाव दिँदै हड्ताल गरेका छन् । त्यस क्षेत्रमा तेल ढुवानी गर्ने साढे २ सय ट्याङकर छन् ।

निगमका निमित्त महाप्रबन्धक सत्यालले प्रशासनले दोषीमाथि कार्वाहीको प्रकृया अघि बढाएको भन्दै उनीहरुसंग बार्ता गरेको नभै तेल ढुवानीका लागि ट्याङकर ब्यवसायीका केन्द्रीय पदाधिकारीलाई आग्रह मात्रै गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us