बाँके, २३ वैशाख – मोटरसाइकल र भैँसी दाइजो नल्याएको भन्दै जिल्लामा एक गर्भवती महिलालाई आफ्नै पतिले जलाएर मार्ने प्रयास गरेका छन् ।
शरीरको तल्लो भाग पूरै जलेर गम्भीर बनेकी राप्तीपारि लक्ष्मणपुर–८ मियापुरवाकी रिहाना सेख ढफालीलाई दुई दिन घरमै राखेर उपचार बहानामा भारत बहराइच पु¥याएर घटना गुपचुप पारिएको थियो । चैत ३ को घटना डेढ महिनापछि मात्र सार्वजनिक भएको हो ।
रिहानाको कम्मरमुनिको भाग पूरै जलेको छ । घाउ पाकेर पिप र रगत बग्न थालेपछि तल्लो भाग चल्दैन । विभिन्न गैरसरकारी सङ्घसंस्थाको पहलमा सोमबार थप उपचारका लागि काठमाण्डु ल्याइएको छ ।