
इलाम, २४ वैशाख– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले माघ पहिलो सातासम्म मुलुकले नयाँ संविधान पाउने दाबी गरेका छन् ।
एमाले इलाम जिल्ला कमिटीले बुधबार गरेको कार्यकर्ता भेटघाटमा मन्त्री आचार्यले एक वर्षभित्र संविधान निर्माण गर्न सबै दल सकारात्मक रहेको बताए ।
अर्को एक फरक प्रसंगमा उनले आर्थिक विकासको प्रमुख मेरुदण्ड पर्यटन क्षेत्र रहेको बताए । पर्यटन विकासका लागि सरकारले नयाँ योजना ल्याउन लागेको उनको भनाइ थियो ।
इलाममा निर्माण भइरहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको निर्माण कार्य छिटो सक्न मातहत निकायलाई निर्देशन दिइसकेको जानकारी पनि उनले दिए ।