समाचार

अभिलेख समितिको बैठक जारी

२०७१ वैशाख २६ गते ३:१३

काठमाण्डु, २६ वैशाख – संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको बैठक आज पनि बसिरहेकाे छ । संविधान सचिवालय सिंहदरबारमा जारी बैठकमा राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँड समिति र राज्यको शासकीयस्वरुप निर्धारण समितिको प्रतिवेदन अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल भइरहेकाे छ । उप समिति संयोजक हरिबोलप्रसाद...

उपनिर्वाचनको तयारी तीव्र

२०७१ वैशाख २६ गते ३:०२

काठमाण्डु २६ वैशाख – आगामी असार ८ गते देशका ४ वटा निर्वाचन क्षेत्रमा हुने उप निर्वाचनकालागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । ४ क्षेत्रका लागि फोटोसहितको मतदाता नामावली संकलनकार्य सकिसकेको आयोगले अहिले रुजु गर्ने काम जारी रहेको जनाएको छ । यसैगरी मतदाता शिक्षा...

न्यायाधीश नियुक्तिमा सत्तापक्ष विभाजित

२०७१ वैशाख २६ गते २:०९

काठमाण्डु, २६ काठमाण्डु –संसदीय सुनुवाई बिषेश समितिमा सर्वोच्च अदालतका लागि सिफारिस आठ स्थायी न्यायाधीशबारे चर्को विवाद भएको छ । उजुरीमाथि प्रारम्भिक छलफल गर्न बिहीबार बसेको बैठकमा नाम अनुमोदन गर्ने – नगर्ने बिषयमा सत्तारुढ दल नै विभाजित भएका छन् । विवादस्पद नाम भए पनि अनुमोदनको...

केन्द्रीय सदस्य अस्वीकार गरेका नेता बैठकमा पुगेपछि हंगामा

२०७१ वैशाख २६ गते १:२०

विराटनगर, २६ वैशाख– एकीकृत माओवादीको विराटनगरमा केही दिनअघि सम्पन्न राष्ट्रिय सम्मेलन बहिस्कार गरेका बाबुुराम भट्टराई पक्षधर एक नेता पार्टीको मोरङ जिल्ला कमिटी बैठकमा सहभागी हुन गएपछि हंगामा भएको छ । भट्टराईसँगै केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका नेता कुमार पौडेल जिल्ला कमिटी बैठकको अध्यक्षता गर्न...

वैद्यले दिए प्रचण्डलाई बधाई

२०७१ वैशाख २५ गते १५:२३

काठमाण्डु, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले विराटनगरमा हालै सम्पन्न राष्ट्रिय सम्मेलनबाट पुन: अध्यक्षमा निर्वाचित भएकामा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले वैद्यले बिहीबार टेलिफोन गरी बधार्य दिएको काठमाण्डु टुडेलाई जानकारी दिए । ‘कमरेड प्रचण्ड पुन:...

काँग्रेस मुख्यसचिवमा तिवारी

२०७१ वैशाख २५ गते १४:२१

काठमाण्डु, २५ वैशाख– नेपाली काँग्रेसको मुख्यसचिवमा ऋषिकेश तिवारी नियुक्त भएका छन् । सभापति सुशील कोइरालाले बिहीबार तिवारीलाई मुख्यसचिवमा नियुक्त गरेका हुन् । पूर्वसांसद तिवारी पार्टीको धवलागिरि अञ्चल समन्वय समिति सदस्य थिए । मुख्यसचिव चिनकाजी श्रेष्ठले राजीनामा दिएपछि काँग्रेसमा मुख्यसचिव पद रिक्त थियो । सभासद...

तोकिएकै समयम संविधान: नेम्वाङ

२०७१ वैशाख २५ गते १४:०२

काठमाण्डु, २५ वैशाख– सभामुख सुवासचन्द्र नेम्वाङले तोकिएकै समयभित्र संविधान जारी भई मुलुकले स्थायित्व पाउने र आर्थिक विकासले गति लिनेमा आश्वस्त हुन निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष सुरेशकुमार बस्नेतको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलसँगको भेटवार्ताका अवसरमा सभामुख नेम्वाङले विघटित संविधानसभामा...

अख्तियारद्वारा त्रिविका दुई प्राध्यापक पक्राउ

२०७१ वैशाख २५ गते १३:४७

काठमाण्डु, २५ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका दुई प्रध्यापकलाई नियन्त्रणमा लिएको छ । अख्तियार प्रवक्ता श्रीधर सापकोटाका अनुसार पक्राउ पर्नेमा रामस्वरुप बहुमुखी क्याम्पस धनुषाका सह–प्रध्यापक डा.विनोद मिश्र र केन्द्रंीय क्याम्पस कीर्तिपुरका उपप्रध्यापक मनोज मिश्र रहेको अख्तियारले जनाएको छ । उनीहरुमाथि एमडी, एमबीबीएस...

नयाँ पार्टी छिट्टै: रायमाझी

२०७१ वैशाख २५ गते १२:४६

काठमाण्डु,२५ वैशाख – एकीकृत माओवादी नेता टोपबहादुर रायमाझीले नयाँ विचारसहितको नयाँ पार्टी छिट्टै बनने बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले बाबुराम भट्टराईको नेतृत्वमा आफूहरु नयाँ पार्टी निर्माणका लागि सक्रिय रहेको बताए । पूराना नेता, पूरानो विचार संगठन, कार्यक्रम र योजनाले नयाा पार्टी निर्माण...

न्यायाधीश सिफारिस भएकामाथि चार श्रीमती ल्याएको आरोप

२०७१ वैशाख २५ गते १२:२९

काठमाण्डु, २५ वैशाख– सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकाहरुमाथि थरिथरिका आरोप लागेको छ । परिषदले सिफारिस गरेका ८ जनाविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा २२ वटा उजुरी परेका छन् । तीमध्ये केही आर्थिक वा अन्य प्रभावमा परेर दोहोरो मापदण्डको फैसला गरेका, विवादास्पद निर्णय गरेका, फैसलामा ढिलाइ...

श्रीमतीलाई छुरी रोपेर श्रीमानले खाए विष

२०७१ वैशाख २५ गते ११:३५

बुटवल २५ वैशाख–बुटवल नगरपालिका–४ का टोपबहादुर खातीले आफ्नै श्रीमती निर्मलाको हत्या गरी आफूले आत्महत्या गरेका छन् । ५५ वर्षीय खातीले ४५ वर्षीया श्रीमती निर्मलालाई बिहीबार बिहान छातीमा चक्कु प्रहार गरेलगत्तै आफूले विष सेवन गरेको प्रहरीले जनाएको छ । स्थानीयले घटना थापा पाएर प्रहरीमा खबर...

सरकारद्वारा ७२ नगरपालिका थप (थपिएका नगरपालिकाको सूचीसहित )

२०७१ वैशाख २५ गते १०:३१

काठमाण्डु, २५ वैशाख– सरकारले देशका विभिन्न स्थानमा ७२ वटा नगरपालिका थप गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका थप्ने निर्णय गरेको हो । यो सँगै देशभर नगरपालिकाको संख्या १ सय ३० पुगेको छ । यसअघि २०५३ सालमा ५८ नगारपालिका गठन भएका थिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us