श्रीमतीलाई छुरी रोपेर श्रीमानले खाए विष

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते ११:३५ मा प्रकाशित

बुटवल २५ वैशाख–बुटवल नगरपालिका–४ का टोपबहादुर खातीले आफ्नै श्रीमती निर्मलाको हत्या गरी आफूले आत्महत्या गरेका छन् ।
५५ वर्षीय खातीले ४५ वर्षीया श्रीमती निर्मलालाई बिहीबार बिहान छातीमा चक्कु प्रहार गरेलगत्तै आफूले विष सेवन गरेको प्रहरीले जनाएको छ ।

स्थानीयले घटना थापा पाएर प्रहरीमा खबर गरेका थिए । घाइते अवस्थाका खाती दम्पत्तिलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएकामा दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

घरायसी विवादका कारण घटना भएको अनुमान प्रहरीको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us