
काठमाण्डु, २६ वैशाख – संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको बैठक आज पनि बसिरहेकाे छ ।
संविधान सचिवालय सिंहदरबारमा जारी बैठकमा राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँड समिति र राज्यको शासकीयस्वरुप निर्धारण समितिको प्रतिवेदन अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल भइरहेकाे छ ।
उप समिति संयोजक हरिबोलप्रसाद गजुरेलले संविधानका प्रारम्भिक मस्यौदामा अघिल्लो संविधानसभामा भएको सहमति र असहमतिका विषय निक्र्यौंल गरी तयार भएको प्रतिवेदन हिजो पेश गरको थिए ।