काठमाण्डु, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले विराटनगरमा हालै सम्पन्न राष्ट्रिय सम्मेलनबाट पुन: अध्यक्षमा निर्वाचित भएकामा एकीकृत माओवादी अध्यक्ष
पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् ।
प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले वैद्यले बिहीबार टेलिफोन गरी बधार्य दिएको काठमाण्डु टुडेलाई जानकारी दिए । ‘कमरेड प्रचण्ड पुन: अध्यक्षमा निर्वाचित हुनुभएको र सम्मेलन सफल भएकोमा किरणजीले बधाई दिनुभयो’, खड्काले भने ।
उनका अनुसार दुई अध्यक्षबीच मुलुकको पछिल्ल्लो राजनीतिक अवस्थालागयत विषयमा समेत छलफल भएको थियो । प्रचण्डले विराटनगर सम्मेलन र आफ्नो पार्टीको वैद्यले पोलिट्ब्युरो बैठकका निर्णयबारे एकअर्कालाई जानकारी गराएका थिए ।
एकीकृत माओवादीको विराटनगर सम्मेलनले माओवाद मान्ने कम्युनिष्ट समूहहरुसँग एकता गर्ने निर्णय गरैकै दिन वैद्यले पार्टी मुख्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरी बलप्रयोगको सिद्धान्त स्वीकार र संसदवाद अस्वीकार लगायत ६ वटा सर्त अघि सार्दै त्यसमा सहमति भए एकता सम्भव रहेको बताएका थिए । स्रोतका अुनसार प्रचण्ड र वैद्यबीच केही दिनभित्रै औपचारिक वार्ताको तयारी भएको छ ।