उपनिर्वाचनको तयारी तीव्र

काठमाण्डु टुडे २०७१ वैशाख २६ गते ३:०२ मा प्रकाशित

nirbachan-aayogकाठमाण्डु २६ वैशाख – आगामी असार ८ गते देशका ४ वटा निर्वाचन क्षेत्रमा हुने उप निर्वाचनकालागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ ।

४ क्षेत्रका लागि फोटोसहितको मतदाता नामावली संकलनकार्य सकिसकेको आयोगले अहिले रुजु गर्ने काम जारी रहेको जनाएको छ । यसैगरी मतदाता शिक्षा कार्याक्रमकालागि ४ वटा निर्वाचन क्षेत्रमा २ सय ३७ जना स्वयम सेवकहरु परिचालन गरिएको निर्वाचन शिक्षा तथा सूचना केन्द्रका कार्यकारी निर्देशक कोमल धमलाले   जानकारी दिए।

अहिलेको निर्वाचनमा ४ वटै क्षेत्रमा विद्युतिय मेसिनबाट मतदान गराइने भएकाले त्यसबारे मतदातालाई शिक्षा दिन स्वयंसेवकहरु अहिले चुनाव हुने क्षेत्रका प्रत्येक घर घरमा पुग्न थालेको जानकारी दिए ।

आगामी साता मुख्य निर्वाचन अधिकृत तोकेर प्रशिक्षण सुरु गरिने र असार २ गते भित्रै मतदान अधिकृतहरुपनि खटाई सकिने जानकारी दिए । मंसिर ४ गते भएको संविधानसभाको निर्वाचनमा २ ठाउँबाट निर्वाचित भएका ४ जना उम्मेदवारले एक स्थान छाडेपछि असार ८ गते उप निर्वाचन हुन लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us