तोकिएकै समयम संविधान: नेम्वाङ

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते १४:०२ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– सभामुख सुवासचन्द्र नेम्वाङले तोकिएकै समयभित्र संविधान जारी भई मुलुकले स्थायित्व पाउने र आर्थिक विकासले गति लिनेमा आश्वस्त हुन subasनिजी क्षेत्रलाई आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष सुरेशकुमार बस्नेतको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलसँगको भेटवार्ताका अवसरमा सभामुख नेम्वाङले विघटित संविधानसभामा सहमति भएका विषयको स्वामित्व ग्रहण गरी कार्यतालिका बमोजिम कार्य अगाडि बढिसकेकाले संविधान निर्माण हुने सुनिश्चित भएको बताए । उनले बजेटलाई राजनीतिभन्दा माथि राख्नुपर्ने बताउँदै आर्थिक वर्ष २०७१/७२ को बजेट समयमै आउने र पर्याप्त छलफल हुने समेत बताए ।
भेटघाटका अवसरमा सभामुख नेम्वाङले निजी क्षेत्रका मागलाई आफूले भ्याएसम्म सरकार, सदन र राजनीतिक दलसमक्ष पुर्‍याउने विश्वाससमेत दिलाए ।

छलफलमा चेम्बरका अध्यक्ष बस्नेतले आर्थिक विकासका संवाहक निजी क्षेत्रलाई नीति निर्माण तहमा संलग्न नगराएसम्म आर्थिक परिवर्तन नारामा मात्रै सीमित रहने बताउँदै द्रुत आर्थिक विकासका लागि सदनमा निजी क्षेत्रको प्रतिनिधित्व हुन आवश्यक रहेकामा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us