काठमाण्डु, २६ वैशाख– प्रधानमन्त्री सुशील कोइराला भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेकी एक काँग्रेस कार्यकर्ताले उनको सुरक्षार्थ खटिएका नेपाली सेनाका एक सुवेदारमाथि हातपात गरेकी छन् । बर्दिय स्थायी घर भई हाल काठमाण्डु कपन बस्ने आरती कार्कीले प्रधानमन्त्री निवास वालुवाटरको सुरक्षामा खटिएका नेपाली सेनाका सुवेदार भीमबहादुर...
काठमाण्डु, २६ वैशाख– एकीकृत माओवादी नेता टोपबहादुर रायमाझीले आफूले बाबुराम भट्टराईको नेतृत्वमा तत्काल अर्को पार्टी गठन गर्ने अभिव्यक्ति नदिएको दाबी गरेका छन् । काठमाण्डु टुडेसँग कुरा गर्दै उनले आफूले पार्टी फुटाएर अर्को पार्टी बनाउने आशयको अभिव्यक्ति नदिएको बताए । रिपोर्टर्स क्लबमा बिहीबार उनले नयाँ...
काठमाण्डु, २६ वैशाख– गृहमन्त्री बामदेव गौतमले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने आलोचनामा कुनै तुक नरहेको बताएका छन् । एमाले उपाध्यक्षसमेत रहेका गौतमले पार्टी सम्बद्ध युवा किसान संघले मुख्यालय बल्खुमा शुक्रबार गरेको कार्यक्रममा आलोचनामा समय खर्चनुको साटो सरकारका कामकारबाहीमा सहयोगीको भूमिका खेल्न आग्रह...
सप्तरी, २६ वैशाख– पाँच दिनदेखि हराइरहेका सप्तरी इनरुवाका एक युवक मृत फेला परेका छन् । इनरुवा– ९ का ३६ वर्षीय सचिन्द्र भनिने कुमरदेव यादवको शव हत्या गरी फालिएको अवस्थामा बिहीबार राति गाउँ नजिकैको खोलामा फेला परेको हो । धारिलो हतियारले घाँटी रेटिएको र पाखुरामुनि...
बुटवल, २६ वैशाख– तेल चोरीको आरोपमा पक्राउ पुर्जी जारी गरिएका १६ ट्याङकर व्यवसायीलाई उन्मुक्ति दिनुपर्ने मागसहित पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्दै आएको पश्चिमाञ्चल ट्याङकर व्यवसायी संघले शुक्रबारबाट पेट्रोलियम ढुवानी सुचारु गर्ने भएको छ । व्यवसायीले रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको डिपोका लागि भारतबाट तेल...
सुर्खेत, २६ वैशाख–प्रहरीले सामान्य गल्तीमा हिरासतमा लिइएकालाई पनि बेइज्यतिपूर्ण रुपमा सजाय दिने गरेको सर्वसाधारणहरुले गुनासो गरेका छन् । विभिन्न आरोपमा नियन्त्रणमा लिइएका व्यक्तिलाई हिरासतमा राखेर प्रहरीले चरम यातना दिने, मुर्गा बनाउने, अरु थुनुवाबाट कुट्न लगाउने गरेको पाइएको छ । मादक पदार्थ सेवन चेकजाँचको नाममा...
काठमाण्डु, २६ वैशाख– संविधानसभाको संविधान अध्ययन तया निक्र्यौल समितिले अघिल्लो संविधानसभाको विषयगत समितिले तयार पारेको १४ प्रदेशसहितको प्रतिवेदन संविधानसभामा पठाउने निर्णय गरेको छ । समितिको सिंहदरबारमा शुक्रबार बसेको बैठकले उपसमितिले अध्ययन गरी पेश गरेको राज्य पुनर्संरचनासम्बनधी प्रतिवेदन संविधानसभामा पठाउने निर्णय गरेको हो । प्रतिवेदन...
काठमाण्डु, २६ वैशाख– नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनका लागि सदस्यता नवीकरण गर्ने विषयमा डडेलधुरा र धनुषामा विवाद भएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले ती जिल्लामा जिल्ला कमिटीको आन्तरिक विवादका कारण सदस्यता नवीकरणमा ढिलाइ भएको बताउँदै अन्य जिल्लाको सदस्यता नवीकरण...
जनकपुर, २६ वैशाख– तराई –मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) अध्यक्ष महन्थ ठाकुरले मधेसलाई उपेक्षा गरेर संविधान जारी गर्ने तायरी भइरहेको भन्दै त्यस्तो संविधान स्वीकार्य नहुने चेतावनी दिएका छन् । तमलोपाद्वारा जनकपुरमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अहिले पनि मधेस र मधेसीमाथि राज्यले विभेद गरिरहको...
काठमाण्डु, २६ वैशाख– राप्रपाका ११ सभासदले तत्काल निर्वाचनमार्फत संसदीय दलको नेता चयनका लागि अध्यक्ष सूर्यबहादुर थापालाई दबाब दिएका छन् । महामन्त्रीसमेत रहेका सभासद दीपक बोहराले अन्य दलमा दल नेता चयन भएको महिनौं बित्दासमेत आफ्नो संसदीय दल नेताविहीन भएको भन्दै तत्काल निर्वाचन गराउन माग गरिएको...
विराटनगर, २६ वैशाख–नेपाल खानेपानी संस्थान विराटनगरबाट वितरण गरिएको खानेपानीमा कोलीफर्म (दिसाको जीवाणु) को मात्रमा निकै रहेको पुष्टि भएको छ । खानेपानीको कारण कमलपित्त (हेपाटाइटिस बी) बाट विराटनगरवासी बिरामी परेपछि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले संस्थानबाट वितरण गरिएको विराटनगरका विभिन्न १० स्थानको पानी सङ्कलन गरी राष्ट्रिय...
कञ्चनपुर, २६ वैशाख– कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका व्यक्ति ३० वर्षपछि पक्राउ परेका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको विशेष टोलीले भीमदत्त नगरपालिका–४ गोवरैयाका ६० वर्षीय विश्वराम लुहारलाई पक्राउ गरेको हो । टोलीले जिल्ला प्रहरी कार्यालयमार्फत उनलाई जिल्ला अदालत कञ्चनपुरमा बुझाइएको छ ।...