
काठमाण्डु, २६ वैशाख– नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनका लागि सदस्यता नवीकरण गर्ने विषयमा डडेलधुरा र धनुषामा विवाद भएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले ती जिल्लामा जिल्ला कमिटीको आन्तरिक विवादका कारण सदस्यता नवीकरणमा ढिलाइ भएको बताउँदै अन्य जिल्लाको सदस्यता नवीकरण सकिएको र एक हप्ताभित्र सो काम सकिने जानकारी दिए ।
महाधिवेशनमा प्रस्तुत गरिनतावेज लेखनको काम लगभग सम्पन्न भएको र आगामी जेठ ११ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा दस्तावेज प्रस्तुत गरिने समेत एमाले पोलिटव्युरो समेत रहनुभएको नेता ज्ञवालीले बताए ।
आगामी असार १९ गतेदेखि २४ गतेसम्म काठमाण्डुमा हुने राष्ट्रिय महाविधवेशनमा एक हजार नौ सयभन्दा बढी प्रतिनिधि रहने बताइएको छ । एमालेमा सङ्गठित सदस्य दुई लाख आठ हजार छन् । रासस